समाज

बाराको अमलेखगञ्जमा बस दुर्घटना, ८ जनाको मृत्यु

बाराको अमलेखगञ्जमा बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बस सडकबाट तल खोलामा खसेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन्।

दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो। घाइतेलाई हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट २५ जनालाई उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको छ। घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ। 

प्रकाशित: २० आश्विन २०७९ ०६:५० बिहीबार

बस दुर्घटना