समाज

काठमाडौँ उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाडौँ उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ।

रातिदेखि काठमाडौँ उपत्यकामा पानी परिरहेको छ। उपत्यकामा गएको २४ घण्टामा २२ दशमलव ४ एमएम पानी परेको छ। मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ।

‘काठमाडौँ उपत्यकामा आज दिनभर लगातार मध्यम खाले वर्षा हुन्छ’ उनले भने, ‘३/४ बजेतिर पानी केही कम भए पनि दिनभरि नै पानी पर्नेछ।’

काठमाडौँ उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ।

प्रकाशित: २० आश्विन २०७९ ०६:४४ बिहीबार

काठमाडौँ उपत्यका दिनभर पानी पर्ने