समाज

आपराधिक गतिविधि न्युनीकरणका लागि सिसिटिभी क्यामरा जडान

रौतहटको गरुडा नगरपालिकाले गरुडा चोकमा करिब दुई दर्जन सिसिटिभी क्यामरा जडान गरेको छ। गरुडा बजारको विभिन्न सार्वजनिक क्षेत्रमा नगरपालिकाले २३ ओटा सिसिटिभी क्यामरा जडान गरेको हो।  

गरुडा नगरपालिकाको मुख्य सडक विर्ता चोक, जिंगडिया चोक, चिनीमिल कर्नर, समनपुर जाने बाटो, महम्मदपुर रोड तथा मुख्य बजारमा गरी आवश्यकताअनुसार २३ ओटा सिसिटिभी क्यामरा जडान गरिएको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले जानकारी दिए।

नगरपालिकाको लगानीमा बजार क्षेत्र तथा मुख्य सडकमा सिसिटिभी क्यामरा जडान गरिएको र निगरानीको सम्पूर्ण जिम्मेवारी इलाका प्रहरी कार्यालय गरुडालाई दिइएको नगर प्रमुख कलवारले बताए। उनले बजारको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएकाे बताए।

जिल्लाको आर्थिक केन्द्रको रुपमा विकास गरिरहेको गरुडा बजारमा सिसिटिभी जडानले व्यावसायिक सुरक्षा हुनेमा आफू आशावादी रहेको नगर प्रमुख कलवारकाे भनाइ छ। 

प्रकाशित: १९ आश्विन २०७९ १४:०० बुधबार

सिसिटिभी क्यामरा