समाज

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन्। उनको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछरे सामुदायिक बनकाे रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: १८ आश्विन २०७९ १०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App