समाज

आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

आफ्नै छोराको हत्या गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–११ विजयनगरका ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

बुवा छोराबीच झगडा हुँदा लौरंगलालले बुधबार राति आफ्नै २० वर्षीय छोरा विवेक चौधरीको पेटमा फुटेको वियरको बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका विवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।

छोराको पेटमा बोत्तल प्रहार गरी बुवा लौरंगलाल फरार भएका थिए। खोजतलास गर्ने क्रममा गुलरिया नगरपालिका–११ इन्द्रपुर स्थितबाट प्रहरीले लौरंगलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

प्रकाशित: १४ आश्विन २०७९ ११:४८ शुक्रबार

बारबर्दिया नगरपालिका गुलरिया नगरपालिका