समाज

प्रहरीद्वारा ६० किलो गाँजा बरामद

सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उक्त गाँजा बरामद गरेको हो। अन्दाजी ३/४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी रहेको उक्त गाँजाका पोकाहरू प्रहरी चौकी अमृतगन्ज खजानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो। 

प्रहरीले हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०८:४५ बिहीबार

गाँजा अवैध लागूऔषध