समाज

लमजुङमा बढी भाडा असुल्ने सवारी साधन कारबाहीमा

लमजुङमा बढी भाडा असुल्ने ५ सवारी साधनलाइ प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ वेसिशहर चल्ने तीनवटा माइक्रोबस र दुईवटा बसलाई बढी भाडा लिएपछि १० हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

ती सवारी साधनहरुले काठमाडौँबाट वेसिशहर सम्म जहाँ झरे पनि प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिने गरेको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए। उनीहरुले एक जनासँग एक हजार रुपैयाँ लिएको पाएपछि थप कारबाहीको लागि पुर्वाधार विकास कार्यालय यातयात शाखा लमजुङमा पठाइएको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय लमजुङले गत असोज १ गते देखि लागू हुने गरि काठमाडौंबाट लमजुङसम्मको भाडा माइक्रोबसका लागि ७१० र बसका लागि ६५० रुपैयाँ तोकिएको छ। 

प्रकाशित: १२ आश्विन २०७९ १२:५३ बुधबार

लमजुङ