समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा परि १० जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा १ ज ५६३ नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ।

बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक तथा घाइतेको उद्धार गरेको थियो।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेट अगाडि सडकमा यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक भारत बहराइच उत्तर प्रदेश बस्ने ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन्।दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नेपालगन्ज उपमहानगरपालिका–१५ रुपडिया बस्ने २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको छ।

खोटाङको खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडास्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। ट्रयाक्टरमा सवार सोही नगरपालिका–११ बस्ने ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १२ आश्विन २०७९ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App