समाज

यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने  १६ जनालाई पक्राउ गरिएको छ।  

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट आज बिहान पक्राउ गरेको हो।  

पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ। आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो।  

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०७९ ०४:०० बुधबार

उपत्यका ट्राफिक प्रहरी कार्यालय