समाज

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

फाइल तस्बिर

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित मुलपानीमा जीप दुर्घटना भएको हो।  

दुर्घटनामा परि ७ जना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, डिएसपी दामोदर केसीले जानकारी दिए। मृतकहरुको पहिचान भने भएको छैन।

बाँकेको ढकेरीदेखि सल्यानको कपुरकोट तर्फ फर्किँदै गरेको रा १ ज ५६३ नम्बरको जीप मुलपानी स्थित घुम्तीबाट झण्डै २ सय मिटर तल खोलामा खसेको थियो। बाँकेको ढकेरी स्थित आफन्तीको विवाहमा सहभागी हुन कपुरकोटबाट उक्त जीप रिजर्भ गरेर लगिएको थियो।  

उक्त जीपका यात्रुहरु मंगलबार बिहान बाँकेको ढकेरी पुगेको र विवाहमा सहभागी भई राती नै कपुरकोट स्थित घर फर्किएका थिए। ‘यो गाडीमा सवारहरु बाँकेको ढकेरी स्थित आफन्तीको विवाहमा सहभागी भएर राती ११ बजेतिर फर्कनु भएको रहेछ,’ डिएसपी केसीले भने ‘बिहान झण्डै साढे तीन बजेतिर मुलपानी भन्ने स्थानमा गाडी दुर्घटना भएछ।’

प्रकाशित: १२ आश्विन २०७९ ०१:५४ बुधबार

जीप दुर्घटना