समाज

डिलासैनी गाउँपालिकामा तीन वटा भवन निर्माणका लागि जग्गादान

फाइल तस्बिर।

बैतडीको डिलासैनी गाउँपालिकालाई स्थानीय बासिन्दाले जग्गादान गरेका छन्। गाउँपालिकाको केन्द्र रहेको वडा नं. ७ का स्थानीयहरुले ३५ रोपनी जमिन दान गरेका गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैंयाको अस्पताल भवन लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका हुन्। स्थानीय हर्कबहादुर धामी, खडक धामी, बिरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामी लगायत १८ जनाले  जग्गादान गरेका हुन्।

जग्गादातालाई गाउँपालिकाले सम्मान समेत गरेको छ। गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायत जनप्रतिनिधिको उपस्थितिमा एक कार्यक्रम गर्दै जग्गादातालाई सम्मान गरिएको हो। दशैंको बिदापछि जग्गादाताहरुले गाउँपालिकाको नाममा नामसारी गर्ने सहमति भएको अध्यक्ष जोशीले जानकारी दिए।

प्रकाशित: ११ आश्विन २०७९ १३:१३ मंगलबार

बैतडीको डिलासैनी गाउँपालिका गाउँपालिकाको प्रशासकीय भवन निर्माण