समाज

आजबाट उपत्यकामा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने

पशुसेवा विभागले आजबाट उपत्यकामा खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। विभागले उपत्यकाको विभिन्न १० ठाउँमा आजबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको हो।

बिरामी खसीबोका भित्रिन सक्ने सम्भावना रहेको भन्दै खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागिएको विभागले जनाएको छ।  

आजदेखि नवमीसम्म ५० जना पशु चिकित्सकको टोलीले विभिन्न ठाउँमा गएर खसीबोका परीक्षण गर्ने छन्। कलंकी, चन्द्रागिरि, टुकुचा, टोखा, चाल्नाखेल, सल्लाघारी, बल्खु, लोकन्थली लगायत ठाउँमा गएर पशु चिकित्सकले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने छन् । 

प्रकाशित: ११ आश्विन २०७९ ०३:०६ मंगलबार

खसीबोका