समाज

मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै

मनास्लु हिमपहिरोमा परी घाइते भएकाहरुको आज बिहानैदेखि उद्धार सुरु भएको छ। गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमबार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो।  

१२ जनाको टोली पहिरोमा परेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। पहिरोमा परि एक जनाको ज्यान गएको र अन्य घाइते भएका छन्। ‘दुईजना घाइतेको सोमबार र अन्यको आज उद्धार हुँदैछ’ उनले भने ‘अहिले मौसम सफा भएकाले उद्धार भईरहेको छ।’  

मनास्लु हिमालको तेस्रो र चौँथो शिविरमा पहिरो जाँदा शेर्पाहरु घाइते भएका हुन्। कैलाश, सिम्रिक, हेलि एभरेष्ट कम्पनीका तीनवटा हेलिकप्टर मंगलवार बिहानैदेखि उद्धारमा छन्।  

सोमबार उद्धार गर्न आएका हेलिकप्टर मौसम प्रतिकुल हुँदा उद्धार गर्न नसकेर त्यहाँ नै बसेका थिए। मंगलबार बिहानदेखि हिउँमा रहेका घाइतेहरु ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।  

प्रकाशित: ११ आश्विन २०७९ ०२:४० मंगलबार

मनास्लु हिमपहिरो