समाज

धनुषा प्रहरीद्धारा ब्राउन सुगरसिहत दुईजना पक्राउ

सशस्त्र प्रहरी धनुषाले ब्राउन सुगरसहित दुईजना युवायुतिलाई पक्राउ गरेको छ। आइतबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगरसहित विदेह नगरपालिका–१ स्थित बोर्डर आउट पोस्ट (बिओपी) महिनाथपुरबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी पकाश कुमार सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा सिरहा कर्जना नगरपालिका–२ का  २३ वर्षीय महादेव मण्डल र सोही ठाउँका १९ वर्षीया अस्मिता खत्री रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर बरामद गरेको एसपी सुवेदीले जानकारी दिए।  

उनका अनुसार प्रहरीलाई प्राप्त गोप्य सूचनाको अधारमा बिओपी महिनाथपुरको मूलगेटमा डिउटीमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स. ६ प. ८०८६ नम्बरको रातो कालो रंगको ग्लामर मोटरसाइकललाई रोकी चेकजाँज गर्दा मण्डलले लगाएको हेल्मेटको भित्री भागमा रहेको एक तह कालो कपडा भित्र कालो प्लाष्टिकको झोला भित्र ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ बरामद गरिएको छ।

प्रहरीको नियन्त्रणमा परेको मण्डललाई प्रहरीले सोधपुछ गर्दा खैरो रंगको गिलो पदार्थ ब्राउन सुगर रहेको उनले प्रहरीलाई बयानमा भनिएको एसपी सुवेदीले बताए। पक्राउ परेको दुबैजनालाई मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको मातहतमा रहेको इलाका प्रहरी कार्यालय खजुरी पठाइएको छ।  

प्रकाशित: १० आश्विन २०७९ ०५:०९ सोमबार

ब्राउन सुगर