समाज

झापामा ठूलो वर्षा भएपछि सर्तकता अपनाउन नेपाल बाढी सूचनाको आग्रह

फाइल तस्बिर

पछिल्लो ६ घण्टामा झापाको केचना, चन्द्रगढी, विर्तामोड, शनिश्चरे, कन्काई, गैडेलगायत इलामको सीमा आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ। यी क्षेत्रमा थप ठूलो वर्षाको अनुमान गरिएको छ।  

नेपाल बाढी सूचनाले मेची, बिरिङ, निन्दा, बक्राह, मावा रतुवा, अदुवाखोलालगायत झापाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। सूचनामा भनिएको छ

पछिल्लो ६ घण्टामा झापाको केचना,चन्द्रगढी,विर्तामोड,शनिश्चरे,कन्काई गैडे, लगायत झापा ईलामको सीमा आसपास भारी बर्षा भएको र थप हुने, मेची, विरिङ,निन्दा, बक्राह, मावा रतुवा,अदुवाखोला लगायत झापाको साना खोलामा आकस्मिक बाढी हुनका साथै होचा भूभागमा डुवान हुन सक्छ, दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाऔ।

प्रकाशित: ९ आश्विन २०७९ ०३:२३ आइतबार

नेपाल बाढी सूचना झापा