समाज

धनुषाको महिनाथपुरबाट लागूऔषधसहित दुईजना पक्राउ

सशस्त्र प्रहरी धनुषाले लागूऔषधसहित दुईजना युवालाई पक्राउ गरेको छ।  

शुक्रबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषधसहित विदेह नगरपालिका–१ स्थित नेपाल–भारत नाकाबाट उनीहरुलाई पक्राउ गरिएको शस्त्र प्रहरी बल (बिओपी) महिनाथपुरका इन्चार्ज तथा प्रहरी निरीक्षक गणेश दत्त पाण्डेले जानकारी दिए।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–५ गोदार बस्ने १८ वर्षीय संन्तोष यादव र सोही ठाउँका २१ वर्षीय महबुद खान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट नाइट्रोभ्याट बीस पत्ता,नाइट्रोसन पाँच पत्ता,स्पाजमो प्राँक्सीवोन प्लस १२ पत्ता र एक्सीप्लोन सय एमएल १९ बोत्तल फेला परेको बिओपी इन्चार्ज पाण्डेले जानकारी दिए।

उनका अनुसार प्रहरीलाई प्राप्त गोप्य सूचनाको अधारमा महिनाथपुरबाट खटिएको शस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ८३०८ नम्बरको रातो रंगको डिस्कभर मोटरसाइकललाई रोकी चेकजाँज गर्दा यादवले बोकेको बोराभित्र लागूऔषध फेला परेको सशस्त्र प्रहरी निरीक्षक पाण्डेले बताए।  

पक्राउ परेको दुबैजनालाई मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय खजुरी पठाइएको छ।

बिओपी महिनाथपुरमा इन्चार्जको रुपमा गणेश दत्त पाण्डे आएको ढेड महिनामा यो सँगै तेस्रोपटक लागूऔषधसहित ७ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि पठाइसकिएकोछ।

प्रकाशित: ८ आश्विन २०७९ ०३:१० शनिबार

लागूऔषध