समाज

रुकुम पूर्वमा बस दुर्घटना: तीन जनाको मृत्यु,१२ जना घाइते

रुकुम पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

काठमाडौँबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा बिहिबार दिउँसो ३ बजेतिर बस दुर्घटना जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएकोे छ। दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका भएका छन्।  

प्रहरीका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो। घाइतेहरुको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ।  

प्रकाशित: ६ आश्विन २०७९ १०:२३ बिहीबार

बस दुर्घटना