समाज

वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउन सुरु गरेको छ।

वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन सुरु गरेको हो।

महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त रुपमा टहरा हटाउन भनेको थियो। तर  स्वतःस्फुर्त रुपमा टहरा नहटाएपछि महानगरले डोजर लगाएर हटाउन लागेको हो।

प्रकाशित: ६ आश्विन २०७९ ०८:२८ बिहीबार