समाज

हिरासतमा रहेका दीक्षित रक्तचाप बढेपछि वीर अस्पतालको अाइसीयुमा

काठमाडौं–अख्तियारले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएका साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षित वीर अस्पतालको आइसीयुमा भर्ना भएका छन्। गौशालास्थित प्रहरी हिरासतमा रहेका दिक्षीतले स्वास्थ्यमा असहज महसुस भएको भनेपछि उनलाई करिव सवा दश बजे वीर अस्पताल ल्याइएको थियो।

उच्च रक्तचापको समस्या देखिएको चिकित्सकले जनाएका छन्।

दुई घण्टासम्म इमरजेन्सी कक्षमा राखेर उनको स्वास्थ्य परीक्षण गरिएको थियो। सुरुमा १९०/१२० रहेको रक्तचाप औषधी सेवन पछि १६०/११० मा रक्तचाप झरेको थियो। चिकित्सकका अनुसार रक्तचाप तलमाथि भैरहेपछि उनलाई वीर अस्पतालको आईसीयुमा भर्ना गरिएको दीक्षित प्रकाशक रहेको हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले बताए।

दीक्षितलाई अख्तियारकै प्रहरी टोलीले वीर अस्पताल ल्याएको थियो। अकुत सम्पत्ती अार्जन गरेको अभियोगमा छानविन गर्न दीक्षितलाई शुक्रबार अख्तियारको निर्देशनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए।

प्रकाशित: ११ वैशाख २०७३ ०३:२१ शनिबार