समाज

बालिका बलात्कार आरोपमा पक्राउ

सुस्त मनस्थिती भएकी एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ। 

कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं ३ घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं २ मगरगाउँ बस्ने बर्ष ४० को राजु नेपालीलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। उनीमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ६ आश्विन २०७९ ०७:३३ बिहीबार

बलात्कार