समाज

साझाका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षित अख्तियारकाे नियन्त्रणमा

काठमाडाैं-साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारबाट खटिएको प्रहरी टोलीले दीक्षितलाई शुक्रबार दिउसो पक्राउ गरेको दीक्षित निकट श्रोतले जनाएको छ।

तर अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले भने यसबारे खुलाउन चाहेनन्। ‘अख्तियारले दैनिक आफ्नो काम गरिरहेको छ, छानविन र अनुसन्धानकालागि कसैलालाई नियन्त्रणमा लिनु नियमित प्रक्रिया हो।’ पुष्करले नागरिकन्युजसँग भने ‘यसबारे अहिले धेरै जानकारी दिन असमर्थ छु।’ 

यसअघि नै अख्तियारले दिक्षितलाई पत्र काटेको थियो। उनको सम्पती छानबिन गरिरहेको सन्दर्भमा दीक्षित पक्राउ परेका हुन्। अकुत सम्पती अार्जन गरेको भन्दै उनीमाथि छानविन थालिएको थियो।

प्रकाशित: १० वैशाख २०७३ ०२:५१ शुक्रबार