समाज

लोसपाद्वारा राष्ट्रपतिको राजीनामा माग गर्दै चक्काजाम

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनकपुरधाममा चक्काजाम गरेको छ। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै लोसपाको कार्याकर्ताले बुधबार जनकपुरको पिराडी चोकमा चक्काजाम गरेको हो।

जनकपुरको मुख्य प्रवेशद्वार रहेको पिडारीमा चोकमा एक घन्टा चक्काजाम गर्ने कार्यक्रम रहेको लोकतान्त्रिक युवा संघको धनुषा जिल्ला अध्यक्ष प्रशान्त झाले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको अकर्मण्यता कारण मुलुक गम्भीर संकटमा फस्न लागेको उनले आरोप लगाए। दुबै सदनबाट पारित भएको नागरिकता विधेक राष्ट्रपति रोकेर संविधानलाई समेत उलंघन गरेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।

उनीहरू राष्ट्रपतिकोविरुद्धमा नारावाजी गर्दै राजीनामा समेत माग गरेको छ। राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरुले आन्दोलनको चेतावनी दिइरहेका छन्। भने राष्ट्रपति र एमालेकोविरुद्धमा हिजैदेखि मधेसमा आन्दोलन भैरहेको छ। उनीहरूले गरेको सडक अबरुद्धका कारण आवतजावतमा समेत कठिनाइ भएको छ।  

प्रकाशित: ५ आश्विन २०७९ ११:४७ बुधबार