समाज

नेटवर्किङमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ

नेटवर्किङमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा इटहरी प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

इटहरी वडा नं. ९ का सजन राईको घरमा कोठा भाडा लिएर गोलोबल ओरिन्स नेपाल प्रालिको बोर्ड राखेर सातामा १२ हजारसम्म कमाइ हुने आश्वासन दिएर ठगी गर्ने गिरोहमा संलग्नलाई पक्राउ गरिएको हो।

प्रहरीले मोरङ मिक्लाजुङ वडा नं. १ का ससिता राई, सुन्दरहरैँचा वडा नं. ७ का सन्जिव माझी, ग्रामथान वडा नं. ३ का विक्रम माझी, कटहरी वडा नं. ६ का पंकजकुमार साह, सोही ठाउँका अरुण मुडयारी र झापा विर्तामोड वडा नं. १० का पदम राईलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेका साथबाट कम्प्यूटर, ल्यापटप, मोवाइल फोन, विभिन्न व्यक्तिको फोटो, नागरिकतासहितको सम्झौतापत्र, टिकट, विल, छाप, मेडल, प्रमाणपत्रलगायतका सामग्री बरामद गरेको छ।

पक्राउ पर्ने समूहले नेटवर्किङको सदस्य बनेपछि धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनी प्रलोभन पारेर सदस्य बनाएको प्रहरी निरीक्षक भीम खड्काले बताए।

प्रकाशित: ५ आश्विन २०७९ ०८:५७ बुधबार

नेटवर्किङ मोरङ मिक्लाजुङ