समाज

अनुमतिबिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न निर्देशन दिएकाे छ।

महानगरले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न निर्देशन दिएकाे हो।

महानगर क्षेत्रभित्र अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भए पश्चात समेत निरन्तर होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड अन्य माध्यम समेतबाट बाह्य विज्ञापन गरिरहेकोले सूचना प्रकाशित गरेको महानगरले जनाएको छ।  

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न र नगराउन भनेको छ।  

यदि नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने महानगरले चेतावनी पनि दिएको छ।

प्रकाशित: ५ आश्विन २०७९ ०३:२९ बुधबार

काठमाडौं महानगर होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड