जिल्ला प्रशासन कार्यालय कालिकोटले कालिकोटका ग्रामिण सडकको नयाँ भाडा दर कायम गरेको छ। शुक्रवार जिल्ला प्रशासन कार्यालय कालिकोटमा वसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले ग्रामिण सडकको नयाँ भाडा दर कायम गदै लागुगर्न समितिमा पठाएको छ।
प्रशासनले कायम गरेको भाडादरप्रति यातायात व्यावसायी निकै खुसी भएका छन्। यसभन्दा अगाडि असुल गदै आएको भाडामा २६ रुपियाँ वृद्धि गरि दिएपछि व्यावसायी खुसी भएका हुन्। हिन्दूहरुको महान चार्ड वडादशैको अवसरमा नागरिकलाई सहुलियत भन्दै प्रशासनले एक किलोमिटर सडकको भाडा २३ रुपियाँ कायम गरेको छ।
कर्णाली करिडोरको लालिघाट पलाँताको घाटाचौर जानका लागि ३१ किलोमिटर छ, त्यसको भाडा ७२६ रुपियाँ कायम गरिएको छ। यस्तै रास्कोट नगरपालिकाको सेराचौर जान ३१ किलोमिटर सडक पार गर्नुपर्छ। लालिघाटदेखि सेराचौरको ३१ किलोमिटरको भाडा प्रतिकिलोमिटर २३ रुपियाँ कायम गरिएको छ। यस्तै लालिघाटबाट शान्तीघाट जान १५ किलोमिटर छ, त्यसको भाडा ३३० तोकिएको छ। यसभन्दा अगाडि यातायात व्यावसायीहरुले तीन सय रूपैयाँ मात्र लिदै आएका थिए।
कोरोनाकाे बेला बढाएको मनपरी भाडा घटाउन नागरिकले माग गरे पनि प्रशासनले उल्टो यातायात व्यावसायीले लिदै आएको भाडा दरभन्दा बढि लिन अधिकार दिएको प्रति नागरिकले आपती जनाएका छन्।
नयाँ भाडादर सार्वजनिक भएपछि रास्कोट नगरपालिका ४ बस्ने सामाजिक अभियन्ता भिम शाहीले यस्तो अत्याचार प्रशासनवाटै भएको प्रति दुख ब्यक्त गरे। उनले कहीं पनि एक किलोमिटर सडकको भाडा २३ रुपियाँ नभएको भन्दै तत्काल खारेज गर्न आग्रह गरेका छन्। यता प्रमुख जिल्ला अधिकारी तथा भाडा निर्धारण समितिका संयोजक रामहरी शर्माले भने पुरानो भाडादर कायम गरिएको तथ्यलाई आधार मान्दै अहिले यातायात व्यवस्था विभागले वढाएको ५७ प्रतिसत वृद्धि भाडादरलाई राख्दा त्यो भाडादर हुन आएको बताए।
उनले बैठकमा कसैले पनि यो बढी भयो भनेर भनेनन्। पहिलाको अभ्यास हो भनेर आफुले कायम गरिएको बताए। प्रजिअ शर्माले कसैले तथ्य सहितको भाडा अति भयो भनेर उजुरी दिएको खण्डमा फेरी बैठक आह्वान गरेर छलफल गर्न सकिने बताए।
अहिले भाडादर ७२६ वनाएका सबै ठाउँमा यस भन्दा अगाडी यातायात व्यावसायीले सात सय मात्र भाडा लिदै आएका थिए। पहाडी सडकमा बढीको भाडा १० देखि १२ रुपियाँ प्रतिकिलोमिटर हुनु पर्ने भन्दै स्थानीयले भाडा चर्को भएको भन्दै घटाउन माग गदै आएका थिए।
यसभन्दा अगाडि सञ्चारमाध्यममा समाचार प्रकाशन भए पनि कालिकोट प्रशासनले यातायात व्यवस्था विभागको नयाँ भाडा दर कायम भएको लिस्ट आउने बितिकै कालिकोटका ग्रामिण सडकको भाडा घटाउने प्रतिक्रिया दिएको थियो । तर घटाउनुको सट्टा झन वृद्धि गरेर भाडादर कायम गरेको छ।
नेपालको कुनै पनि ठाउँ नहोला एक किलोमिटरको भाडा २३ रुपियाँ कायम गरिएको। तर कालिकोटमा कोरोना प्रवेश गरे यता लगातार नागरिकले यस्तै चर्को भाडा तिदै आएका छन्।
प्रशासनले वृद्धि गरेको भाडादरबाट यातायात व्यावसायी भने निकै खुसी भएका छन्। यता नागरिकले भने उल्टो निर्णय गरी थप आफुहरुलाई चर्को भाडा तिर्न बाध्य पारेको भन्दै प्रशासनविरुद्ध आन्दोलनमा जाने प्रतिक्रिया दिएका छन्।
प्रकाशित: ५ आश्विन २०७९ ०२:४५ बुधबार