समाज

चट्याङ लागेर सर्लाहीमा एकको मृत्यु,चार घाइते

सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

जिल्लाको ईश्वरपुर नगरपालिका १२ गुइडुङका बुद्ध बहादुर पाख्रिनको घरमा चट्याङ पर्दा पाँच जना घाइते भएकामा उपचारको क्रममा २८ वर्षीय प्रेम बहादुर घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गम्भीर घाइते घलानको उपचारको क्रममा मृत्यु भएको छ। घटनामा घाइते हुनेमा स्थानीय २७ वर्षीय बुद्ध बहादुर पाख्रिन, पाख्रिनकी ३ वर्षकी छोरी प्रतिमा पाख्रिन, २६ वर्षकी श्रीमती साइली भन्ने नन्दीमाया घलान र २७ वर्षका रुद्र बहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय श्रेष्ठले जानकारी दिएका हुन्।चार घाइतेको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाइएको छ।  

प्रकाशित: ४ आश्विन २०७९ १२:४९ मंगलबार