काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएका छन्।
उपत्यका प्रहरी कार्यालयले गोली चलेको पुष्टि गरेको छ। तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएकाे छ।
घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३ आश्विन २०७९ १४:०१ सोमबार