समाज

धारिलो हतियार प्रयोग गरी रौतहटमा चौकीदारको हत्या

रौतहटमा एक चौकीदारको हत्या भएको छ। रौतहटको गुजरा नगरपालिका ९ बालचनपुरमा इँटा उद्योगमा कार्यरत एक जना चौकीदारको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

रौतहटको चन्द्रपुर नगरपालिका १० बकतौराका ४५ वर्षीय जलिल मिया नटलाई शनिबार राति नै धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। गुजरा नगरपालिका ९ बालचनपुरमारहेको बिबिआई इँटा उद्योगमा चौकीदारको रुपमा कार्यरत नटलाई इँटा उद्योगमा सुतिरहेको समयमा अज्ञातले हत्या गरेको इलाका प्रहरी कार्यालय डुमरियाले जनाएको छ।  

रातिकै घटना भएको तर स्थानीयबासी आइतबार इँटा उद्योगतिर गएको बेला गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डुमरियाका प्रमुख सई योगेन्द्र चौधरीले जानकारी गराएका छन्।

 

प्रकाशित: २ आश्विन २०७९ १२:२८ आइतबार

हत्या