समाज

निलम्बित प्रधानन्यायाधीश जबरा नियमित काममा फर्किन लागेको खबरपछि सर्वोच्चमा प्रहरी तैनाथ

तस्बिर: प्रसन गुरूङ/नागरिक

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा प्रहरीहरुको तैनाथी बढाइएको छ।  

प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएसँगै त्यहाँ बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको छ।

संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ।

प्रकाशित: २ आश्विन २०७९ ०४:४९ आइतबार