समाज

सुनार खोलामा पहिरो: कर्णाली राजमार्ग अवरुद्ध

क्याप्शन

वर्षायाम सुरु भएसँगै वर्षेनी कर्णाली राजमार्गमा यात्रुहरूले सास्ती पाउने गरेका छन्।  

सुनार खोलाको पहिरोको उचित व्यवस्थापन नहुँदा यो सडकमा यात्रा गर्ने यात्रुहरूले हैरानी खेप्दै आएका छन्। खोला माथिको स्थानीयको जग्गा पनि बगेर सकिन लागेको छ। वर्षासँगै आएको पानीको कारण कर्णाली राजमार्ग बन्द भएको छ।

खाँडाचक्र नगरपालिकाका-१ को सुनार खोलामा रातिदेखि  पहिरो खसेपछि राजमार्ग दुईतर्फ बन्द भएको छ।

सडकमा गाडीका लाईन छन्।सडक बिचमा गाडी फसेका छन्। अहिले सडक डिभिजन कार्यालय जुम्लाको डोजरले पहिरो पन्छाउने काम गरिरहेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ। बर्खा लागेसँगै यस ठाउँमा पटक-पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ। 

प्रकाशित: १ आश्विन २०७९ ०४:५८ शनिबार

कर्णाली राजमार्ग