ललितपुर-शनिबार बेलुका गएको भूकम्पका कारण ललितपुरमा ५ जना घाइते भएका छन्। भूकम्पमा भागदाैडका क्रममा घाइते पाँच जनामध्ये बिएनबि अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना र अल्का अस्पतालमा १ जना उपचारका लागि भर्ना छन्।घरको तल्लाबाट भाग्ने क्रममा सुन्धाराकी २७ बर्षीया रत्नादेवी शाक्यको दाहिने खुट्टा भाँचिएको छ। प्रहरीका अनुसार घाइते हुनेमा विकेश शाक्य र0 संगिता बैद्य छन्। अन्यको नाम खुलेको छैन।
प्रकाशित: २७ चैत्र २०७२ ०८:५५ शनिबार