समाज

बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै होः साइवर ब्यूरो

नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक भएको बताएको छ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ। त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ।

'भारतबाट जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरू नेपालको विभिन्न भागमा भित्रिएर बच्चाहरू चोरी गरी भारत लगेर मृगौला, आँखा लगायतका शरीरका बिभिन्न अंगहरू झिकी बिक्री गर्ने गरेको' भन्ने व्यहोरा लेखेर बिभिन्न व्यक्तिहरुका तस्बिरहरु समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रामक प्रचार प्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण भएको छ सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैँ देशभर रहेका कुनैपनि प्रहरी कार्यालयहरुमा हालसम्म कुनैपनि माध्यमबाट कुनैपनि उजूरी र सूचना प्राप्त भएको छैन तसर्थ त्यस्तो भ्रामक प्रचारमा विश्वास नगर्नुहुन सम्पूर्ण नागरिकहरुमा हार्दिक अनुरोध गर्दछौं यदि त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु हुन समेत सबैमा अनुरोध गर्दछौं साथै सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरा समेत जानकारी गराउँदछौ।'

 

प्रकाशित: २८ भाद्र २०७९ ०६:४६ मंगलबार

नेपाल प्रहरी बच्चा चोरी