समाज

देशभर आंशिकदेखि सामान्य बदली रहने

फाइल तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेकोछ। 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनीर सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। 

त्यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २८ भाद्र २०७९ ००:४६ मंगलबार

मौसम पूर्वानुमान महाशाखा