समाज

आत्मनिर्भर बनाउन महिला कृषकलाई 'बिउ'

बिउ पुजी हस्तान्तरण गरिर्दै।

महिला पुनस्थापना केन्द्र (ओरेक) रुकुमले महिला कृषकहरुलाई बिउ बितरण गरेको छ। अति बिपन्न, द्धन्द्धपिडीत, एकल महिला, हिंसा प्रभाबित महिलाहरुलाई बिउ र बिउ पुजी हस्तान्तरण गरिएको हो।

बाफिकोट गाउँपालिका २, पिपलका १६ महिला समुहका ४ सय जनालाई एक घर एक करेसा बारी निर्माण गर्ने उद्येश्यले बिउ बितरण गरिएको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताईन।  

मार्फा रायो, मुला, टमाटर, प्याज, काउली, बन्दा, धनिया, केराउ, सिमि लगायतका बिउ बाफिकोट गाउँपालिका २, का वडा अध्यक्ष प्रकाश खत्रीले हस्तान्तरण गरेका थिए। त्यसै गरि ३ जना लैङगीक हिंसा प्रभाबित र द्धन्द्ध प्रभाबित अति बिपन्न महिला कृषकलाई बिउ पुजी बापत १७ हजार ६ सय ५० रुपैया प्रदान गरिएको थियो।  

औपचारीक कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष खत्रीले बिउ बितरण ओरेकले गरेको भए पनि बडा पालिकाले अपनत्व लिदै अनुगमन समेत गर्ने बताए। उनले महिला कृषकलाई वडाबाट थप सहयोग गर्ने प्रतिबद्धता गरेका थिए। बिउ बितरण कार्यक्रममा ओरेकका जेटिए साबित्रा खत्रीले महिला कृषकहरुलाई करेसा बारीको महत्वबारे बताएकी थिईन।

ओरकका अनुसार महिला कृषकलाई आत्मनिर्भर बनाउदै पछाडी पारिएका महिलालाई नेतृत्वमा ल्याउन र व्यावसायिक बनाउन बिउ बितरण गरिएको हो। यस्तै बाफिकोट १ लागिममा ३ जनालाई १७ हजार ६ सय ५० रुपैया बिउपुजि बाफत र एक जनालाई नमुना फर्मको लागी ५० हजार दिईने छ। जिल्लाका तिन पालिकाका करिब सात सय बढि महिलालाई बिउ सहयोग गरिने ओरेक जिल्ला संयोजक दिपा धितालले बताईन।  

सोहि अवसर पारेर जनचेतना महिला सामुदायिक संस्था र अगुवा महिलाको समिक्षा गोष्ठी सम्पन्न गरिएको छ। साथै नेतृत्व तहमा आएकामहिलाले गएको ३ महिनामा समुदायमा गरेका महिला सवालका समिक्षा गरिएको थियो।

प्रकाशित: २६ भाद्र २०७९ १३:५७ आइतबार

महिला कृषक