समाज

फरार दुई कसुरदार पक्राउ

विभिन्न कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–४ का अमेरिका थारु र बार बर्दिया नगरपालिका–२ का अर्जुन थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। ०७८ साल वैशाख ७ गते उच्चअदालत पाटनले बैंकिङ कसुर मुद्दामा अमेरिका थारुलाई ७ दिन कैद र ८ लाख जरिवाना तोकेको थियो। 

त्यसैगरी ०७८ साल मंसिर १ गते बर्दिया जिल्ला अदालतले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना कैद र ३० हजार जरिवाना र जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १ हजार ५ सय जरिवाना तोकेको थियो। 

अदालतले सजाय तोकेको दिनदेखि दुवै जना फरार रहेका थिए। दुवै जनाआ–आफ्नो घरमा  लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गराउन कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

प्रकाशित: २६ भाद्र २०७९ ११:३९ आइतबार