समाज

देशभर आंशिकदेखि सामान्य बदली रहने

फाइल तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  र बाँकी प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भु-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै राती  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी  प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २६ भाद्र २०७९ ००:५३ आइतबार

मौसम पूर्वानुमान महाशाखा