समाज

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्पको टोकाइबाट सर्लाहीमा एक श्रमिक महिलाको मृत्यु भएको छ।

सर्लाहीको हरिवन नगरपालिका-११ हरिवनका भीमप्रसाद दाहालको घरमा ठेकेदारसँग काम गर्न आएकी स्थानीय ३५ वर्षीय श्यामकुमारी महतोको मृत्यु भएको हो। काम गर्ने क्रममा शुक्रबार महतोलाई गोमन सर्पले टोकेको थियो।

सर्पले टोकेपछि गम्भीर घाइते भएकी महतोलाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पतालमा पुर्‍याइएको  थियो। अस्पतालले महिलालाई थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेकोमा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।  

श्रमिक महिलाको सर्प दंशबाट मृत्यु भएको र महिलाको माइती पक्षले शव बुझिसकेको बताउँदै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७९ १२:५० शनिबार

मृत्यु