समाज

काठमाडौंमा बिहानैदेखि वर्षा,आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने

फाइल तस्बिर

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ र बाँकी प्रदेशका एकदुई स्थानमा  हल्का भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै  स्थानहरूमा   मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही  स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २५ भाद्र २०७९ ००:५८ शनिबार

जल तथा मौसम पूर्वानुमान महाशाखा