समाज

निजामती सेवा दिवसको अवसरमा रक्तदान र फलफूल वितरण

१९औँ निजामती सेवा दिवसको अवसरमा तौलिहवास्थित कपिलवस्तु अस्पतालमा रक्तदान र फलफूल वितरण गरिएको छ।

कर्मचारी मिलन केन्द्रको आयोजना र नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेश (नेपाल जनस्वास्थ्य संघ, लुम्बिनी प्रदेश नेपाल), कपिलवस्तु अस्पताल, नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखा लगायतको सहकार्यमा सो कार्यक्रम गरिएको हो।

सो कार्यक्रममा समेत गरी १७औँ पटक रक्तदान गरेका कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै सबैलाई रक्तदान गर्न अपील गरे। उनले दिवसका अवसरमा रचनात्मक काम गरिएको भन्दै कर्मचरीहरु स्थायी सरकार रहेको भन्दै प्रभावकारी सेवा प्रदान गर्न अपील गरे।

सो अवसमा प्रजिअ धर्मेन्द्र कुमार मिश्रले कर्मचारीहरुले सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा दिइए यो नै दिवसको असली मर्म हुने बताए। उनले कर्मचारीहरुले आफूलाई परिर्वन गरी जनताको मन जित्ने किसिमले काम गर्नुपर्ने बताए। रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटीका महामन्त्री संतोष श्रीवास्तवले बताए।

कार्यक्रमा अस्पतालमा भर्ना भएका र प्रसूती गृहमा भर्ना भएका महिलाहरुलाई फलफूल बाडिएको थियो। सो अवसरमा प्रजिअ मिश्र र जिल्ला सुरक्षा अधिकारीहरुले अस्पतालको निरीक्षण समेत गरेको थिए। सो अवसरमा प्रजिअ मिश्रले अस्पतालमा सरसफाई राख्न र बेडलाई व्यवस्थित राख्न आग्रह गरेका थिए। सहया प्रजिअ अनिल पौडेल सुरक्षकर्मी र कर्मचारीहरुले रक्तदान गरेका थिए।

प्रकाशित: २२ भाद्र २०७९ ११:५० बुधबार

१९औँ निजामती सेवा दिवस नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश नेपाल