समाज

हिरासतमा रहेका व्यक्तिलाई रवि लामिछानेले भेटेपछि प्रहरीले गर्‍याे छानविन समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरूङसँग भेट गरेपछि प्रहरीले छानविन समिति गठन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरूङलाई भेट्न सोमबार रवि लामिछानेले प्रहरी वृत्त दरबारमार्ग पुगेका थिए।

लामिछानेले भेटघाट पछि गुरूङसँगैको एक तस्बिर आफ्नो सामाजिक सञ्जालमा राखेका थिए। सभापति लामिछानेले हिरासतमा रहेका व्यक्तिसँग बसेर गफ गरिरहेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले छानविन समिति गठन गरेको हाे। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको। प्रहरीले हिरासतमा रहेका वेक्तीलाई भेटघाट गरेपछि, कुरा के रैछ भनेर बुझ्न छानविन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी प्रमुख रविन्द्र बहादुर धानुले जानकारी दिए। 

उनले भेटको क्रममा त्यहाँ रहेका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई छानविनका लागि रानीपोखरी बोलाएको बताए।

प्रकाशित: २० भाद्र २०७९ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App