समाज

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

फाइल तस्बिर

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।

पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाज पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।

१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजको इन्डिकेसन समस्या देखिएपछि जहाज पुन पोखरा विमानस्थलमै फिर्ता गरिएको  विमानस्थलले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७९ ०३:५७ आइतबार

समिट एयर पोखरा विमानस्थल