समाज

गरिबीका कारण विद्यालय छोड्दै बालबालिका

कालिकोट जिल्लाका दलित बालबालिकाहरु एसइई पछि विद्यालय छाड्ने क्रम बढेको पाइएको छ। दुर्गम तथा पहाडी भेगमा गरिबी र अशिक्षाका कारण विद्यालय छाड्ने क्रम बढेको पाइएको हो। कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–५ मटेला निवासि धनपुरा विक अहिले १३ वर्षकी भइन् उनी चुलिमालिका माध्यामिक विद्यालयकी एक विद्यार्थि हुन् उनलाई पनि यो समस्याले पिरोलि रहेको छ। अहिले उनलाई।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले मासिक छात्रावृद्धि उपलब्ध गराए पछि आफूलाई पढाइमा केही सहज भएको धनपुराको भनाइ छ। आफूले छात्रावृद्धिले पढ्न पाए पनि आफ्नो माइली दिदी सुनिता सुनारले एसइईमा २.७५ जिपिए ल्यायर पास गर्दा पनि दिदीलाई कक्षा ११ र १२ मा भर्ना हुन समेत आर्थिक अवस्था कमजोरका कारण दिदी सुनिताले बीचमै बढाइ छोड्नुपर्ने बाध्यता भएको धनपुराले बताइन्।

धनपुराको घरमा अहिले आमा बुबा, तीन दाजुभाइ र दुई बहिनी गरी सात जनाको परिवार छ। धनपुराका बुबा भने भारतको उत्ताखण्डमा, ज्याला मजदुरी गरी परिवारलाई छाक टार्ने जोहो गर्छन्। तर केही बालबालिकाको लागि भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ उत्तीकै सहारा बनेको पनि छ।

सेभद चिल्ड्रेनको, आर्थिक सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा सञ्चालित नेपाल छात्रावृद्धि कार्यक्रममा लागेको २०७० सालदेखि हालसम्म ६ सय ६७ जना दलित विद्यार्थीहरुले, सेवा लिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा सञ्चालित नेपाल छात्रावृद्धि कार्यक्रमका अधिकृत गोरक नेपालीले बताए।

अधिकृत नेपालीका अनुसार सेवा लिएका मध्य अहिले ७ जना स्थायी र ३६ जना अस्थायी गरी जम्मा ४३ जनाले रोजगारी अर्थात् जागिर प्राप्त गरेको उनले बताए। कार्यक्रम हाल खाँडाचक्र नगरपालिको साबिक मान्म, दाहा र शुभकालिका गाउँपालिकाको साबिक भर्ता, सुकाटिया र कालिकामुग्राहामा लागू भएको अधिकृत नेपालीले बताए।

शनिबार भएको संयुक्त अनुगमनमा जिल्ला समन्वय समिति कालिकोटका सदस्य अजबहादुर बम, शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटका प्रविधिक साहयक सुनिता रोकाया, नेपाल पत्रकार महासंघ कालिकोट शाखा सचिव खडानन्द अधिकारी लगाएतका सरोकारवालाको सहभागीता रहेको थियो। अनुगमनका सहभागीले भने कार्यक्रले दलित विद्यार्थीमा विद्यालयजान र पढ्न हौसला प्रदान गरेकाले कार्यक्रमको क्षेत्र कालिकोट जिल्लाका नाैं वटै स्थानीय तहमा विस्तार गरिनु पर्ने सुझाव दिएका थिए।

साथै सहभागीहरुले सेभद चिल्ड्रेनको, आर्थिक सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा सञ्चालित नेपाल छात्रावृद्धि कार्यक्रम दलित बाल बालबालिकाको साहारा बनेकाले यस कार्यक्रमलाई निरन्तरता दिन आयोजक संस्थालाई आग्रह समेत गरेका थिए।

प्रकाशित: १८ भाद्र २०७९ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App