समाज

नक्कली नोट बनाउने मेसिनसहित सर्लाहीमा एक पक्राउ

 सर्लाहीमा नक्कली नोट बनाउने मेसिनसहित एक युवक पक्राउ परेको छ। सर्लाहीको गोडैता नगरपालिका, फेनहारा बाट सशस्त्र प्रहरीले नक्क्ली नोट बनाउने साधनसहित नुवाकोटका एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको ककनी निवासी ३३ वर्षीय हिरामन लामा रहेको प्रहरीले जनाएको छ। नेपाल बाट सिमावर्ती भारततर्फ जाँदै गरेको रातो रंगको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बेस क्याम्प फेनहारा बाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक बिधा भूषण झाको नेतृत्वमा खटिएको टोलीले गाडीलाई रोकेर चेक जाँच गर्ने क्रममा सङ्कास्पद सामान रहेको आशंका गरिएको थियो।  

सप्रनानि झाको टोलीले गाडीको डिकि खोलेर चेक जाँच गर्ने क्रममा कार्टुनमा नक्कली नोट छाप्ने  मेसिन फेला परेको सप्रनानि झाले बताए। उक्त गाडी भने भारततर्फ भागेको उनले बताए। साथै ४० हजार रुपैयाँ पनि नगद फेला परेको छ। सशस्त्र प्रहरीले विभिन्न बैंकका चेक र एटिम पनि फेला परेको छ।

पक्राउ परेका लामालाई मेसिनसहित इलाका प्रहरी कार्यालय गडहिया डुमरियाको जिम्मा लगाएको सशस्त्र प्रहरी नम्बर गण सर्लाहीका एसपी भरत खनियाँले बताएका छन्। 

प्रकाशित: १८ भाद्र २०७९ ०८:४५ शनिबार

एक युवक पक्राउ