समाज

यौन दुर्व्यवहार आरोपमा गैससका अध्यक्ष ढकाल पक्राउ

गैरसरकारी संस्था महासंघ (गैसस)मोरङका अध्यक्ष राजेन्द्र ढकाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्।  

विराटनगर–१२ घर भएका ५५ वर्षीय ढकाल एजुकेशन हेल्पलाइन र गैसस मोरङका अध्यक्षसमेत हुन्। उनलाई घरबाट प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ। एक जना १२ वर्षीय बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ढकालविरुद्ध मौखिक उजुरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। ढकालविरुद्ध एक जना बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको मौखिक उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘ढकालविरुद्ध मौखिक उजुरी मात्रै आएको छ। जाहेरी आएपछि त्यसका आधारमा कानुन बमोजिम कारबाहीलागि अनुसन्धान थप अघि बढ्ने छ।’ 

प्रकाशित: १६ भाद्र २०७९ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App