समाज

नारायणघाट-मुग्लिङ सडक: पहिरो हटाउन अझै ५-६ घण्टा लाग्ने

पहिरोका कारण अवरुद्ध बनेको नारायणघाट-मुग्लिङ  सडकखण्ड सञ्चालनमा ल्याउन केही समय लाग्ने भएको छ।  

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर २९ सो सडक खण्डको केराबारीमा  बिहान ५: ५० मा माथिबाट गएको पहिरो हटाउन अझै ५-६ घण्टा लाग्ने अनुमान गरेको छ।  

सडक माथिबाट लेदोसहितको ठूलो पहिरो खसेको कारण हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय चितवन सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।  

सो स्थानमा दुई तर्फबाट पहिरो हटाउने प्रयास भइरहेको छ। यस स्थानमा पटक पटक लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। हिजो बिहान पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

प्रकाशित: १६ भाद्र २०७९ ०३:३५ बिहीबार

नारायणघाट-मुग्लिङ सडक