समाज

सेन्ट्रल प्लाजाको ग्राउण्डफ्लोर नक्सा अनुसार प्रयोग नभएको दाबी

काठमाडौँ महानगरपालिकाको टोली नारायणचौर स्थित सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड अनुगमन गर्न पुगेका छन्।

बुधबार महानगरको टोली र वडा कार्यालयका प्रतिनिधि अन्डरग्राउण्ड प्रयोग भएको वा नभएको हेर्न पुगेका थिए। सेन्ट्रल प्लाजाले अन्डरग्राउण्ड नक्सा अनुसार नै पार्किङका लागि प्रयोग भएको नगर प्रहरी राजु पाण्डेले बताए। उनका अनुसार ग्राउण्डफ्लोर भने नक्सा अनुसार प्रयोग नभएको र यसबारे पुष्टि गर्न प्राविधिक टोलीले चेक जाँच गरिरहेको छ।

उनले भने, ‘अन्डरग्राउण्ड चाहिँ नक्सा अनुसार नै छ तर माथिल्लो ग्राउण्ड्फ्लोर चाहिँ नक्सा अनुसार भेटिएन,यसलाई पुष्टी गर्न इन्जिनियरहरुले चेक जाँच गरिरहेका छन्  

सेन्ट्रल प्लाजाले देखाएको नक्सा र महानगरको नक्सा विभागमा रहेको सो भवनको नक्सा तुलना गरेर मात्र निर्णयमा पुग्ने पाण्डेले बताए।

प्रकाशित: १५ भाद्र २०७९ ०८:५६ बुधबार

काठमाडौं महानगरपालिका