समाज

अछाममा युवक मृत फेला

फाइल तस्बिर

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन्।

 मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ।

मृत्युको कारण यकिन हुन नसकेको उनले बताए। गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको विष्टले बताए। रासस

प्रकाशित: १५ भाद्र २०७९ ०५:०८ बुधबार

अछामको पञ्चदेवल विनायक नगरपालिका अछाममा युवक मृत फेला