समाज

प्रहरी नियन्त्रणमा ३३ लाख बढीको मोटरपार्ट्स

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट मोटरपार्ट्सको ट्याक्टर नियन्त्रणमा लिएको छ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भन्सार छली गरी ल्याएको आशंकामा विराटनगरबाट ३३ लाख बढीको मोटरपार्ट्ससहित ट्याक्टर नियन्त्रणमा लिएको हो।

भन्सारमा कम मूल्यांकन गरी भन्सार जाँचपास गरेर निस्किएको भारतीय नम्बर बिआर ७ के १७२४ नम्बरको ट्याक्टर र चालक अररियाका तलुवा मुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

विभिन्न किसिमका मोटरपार्ट्स र ट्याक्टर नियन्त्रणमा लिएको सामानको मूल्य ३७ लाख बराबरको रहेको छ। ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मूल्यांकन गरी आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व कार्यालय पढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ भाद्र २०७९ ०४:३४ बुधबार

भन्सार छली प्रहरी नियन्त्रणमा ३३ लाख बढीको मोटरपार्ट्स