समाज

नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध

फाइल तस्बिर

वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणघाट मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।  

भरतपुर २९ सो सडक खण्डको केराबारीमा बिहान साढे २ बजे माथिबाट पहिरो झरी बाटो दुईतर्फी बन्द भएको हो। सो स्थानमा पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

त्यस स्थानमा पटक पटक लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ। पहिरो खसेपछि गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन्। अहिले सवारी साधनको लामो लाइन लागेको छ।

प्रकाशित: १५ भाद्र २०७९ ००:५५ बुधबार

नारायणघाट मुग्लिङ सडकखण्ड