समाज

ब्रान्डेड बोरामा कमसल चामल प्याक गरेर बेच्ने भारतीय नागरिक पक्राउ

ब्रान्डेड चामलको बोरामा लोकल कमसल चामल प्याक गरी उपभोक्तालाई ठग्ने एक भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।  

रौतहटको गौरनगरपालिका १ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारतको बिहार प्रान्तको सितामढी जिल्ला बैरगनिया घर भएका करिब ४४ वर्षीइ राजेन्द्र प्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।  

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गुप्ता पसल गरेको ठाउँमा गएर बुझ्दा लोकल कमसल चामल ५० बोरा खुल्ला, २९२ बोरा प्याकिङ, १२० ओटा खालीबोरा र बोरा सिलाउने मेसिन एक थान फेला परेको प्रहरीले जनाएको छ।  

कालोबजारी गरी उपभोक्तालाई ठगी गरेको भन्दै प्रहरीले कालो बजार मुद्दा शीर्षकअन्तर्गत जिल्ला प्रशासन कार्यालय रौतहटमा म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि सुनिल मल्लले जानकारी गराएका छन्।

प्रकाशित: १४ भाद्र २०७९ १३:०१ मंगलबार

पक्राउ